Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आइतबारदेखि काठमाडौंमा एसी मिलान जुनियर फुटबल क्याम्प


0
Shares

६ दिनसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने प्रशिक्षण कार्यक्रममा ७ वर्षदेखि १७ वर्षसम्मका १२५ जना नेपाली युवा खेलाडीले सहभागिता जनाउँदैछन् ।

प्रशिक्षण दिन एसी मिलानका अफिसियलहरु नेपाल आइसकेका छन् ।

प्रशिक्षण क्याम्पमा सहभागी हुने हरेक खेलाडीबाट ३५ हजार रुपैयाँ शुल्क लिएको र सोही रकमबाट सम्पूर्ण खर्चहरु व्यहोरिने आयोजक एट्लान्टिक स्पोर्टस् म्यानेजमेन्टको भनाइ छ ।

एट्लान्टिक स्पोर्टस् म्यानेजमेन्टका अध्यक्ष हरि खड्काले एसी मिलानजस्तो विश्व चर्चित क्लबको जुनियर क्याम्पमा प्रशिक्षण गर्न पाउनु नेपाली खेलाडीका लागी गौरवको विषय भएको बताए ।

उनले यो क्याम्प सफल भए आगामी दिनमा अरु विश्व चर्चित क्लबको क्याम्प पनि नेपाल ल्याउन प्रयास गर्ने बताएका छन् ।