नेपाल चेम्बर अफ कमर्स, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा चिनियाँ युवा प्रतिनिधिमन्डल, नेपाली युवा व्यवसायी तथा राष्ट्रिय युवा परिषदसँग सम्बन्धित युवाहरुबीच अनुभव आदान–प्रदान भएको थियो ।
कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रतिनिधिमन्डललाई स्वागत गर्दै देशको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण हुने र यसबाट दुबै देशको आर्थिक विकासमा सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले नेपालमा कृषि, खनिज, ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका सम्भावना धेरै भएकाले चिनियाँ युवाहरुले नेपालमा लगानी गरी प्रशस्त फाइदा लिनसक्ने भएकाले लगानी गर्न आग्रह गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्