Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


तेह्रथुमको खोरुंगा खोलामा खुल्यो एक करोडको लगानीमा रिसोर्ट


0
Shares

स्थानीय बमबहादुर लिम्बू र दुर्गाबहादुर लिम्बूले खोलेको उक्त रिसोर्टको हालै तेह्रथुमका प्रमुख जिल्ला अधिकारी असमान तामाङले उद्घाटन गरेका हुन् ।

खोरुंगा खोलाको प्राकृतिक वातावरणमा रमाउँदै स्थानीय परिकारहरुको स्वाद लिन पाइने भएकाले रिसोर्टमा पर्यटकहरु सजिलैसँग आकर्षित हुने सन्चालकहरुकोे दाबी छ ।

खोरुंगा खोलाको किनारामै रहेको रिसोर्ट पुग्न तेह्रथुमको सदरमुकाम म्याङलुङबाट करिब ३० मिनेट लाग्छ ।

यहाँ खोलाको ताजा माछा, असली माछा, लोकल कुखुरालगायत स्थानीय उत्पादनका परिकारहरु र फिसिङ, स्विमिङ पुललगायत सुविधाहरुसमेत रहेका छन् ।

रिसोर्टमा करिब ६० जनालाई आवास तथा तालिम, बैठकका लागि हलकोसमेत व्यवस्था रहेको छ ।

यस रिसोर्टमा नयाँवर्षको अवसरमा ३० प्रतिशत छुटको व्यवस्था गरिएकोसमेत सन्चालकले जनाएका छन् ।