Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


ओली उपचारका लागि बैंककतिर


0
Shares

                                                                                फाइल फोटो
उनी नियमित उपचारकाक्रममा बैंकक गएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए ।

उनी दिउँसो थाई एअरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक गएका हुन् ।

पछिल्लोपटक भदौ अन्तिम साता उनी उपचारकाक्रममा बैंकक गएका थिए । उनी उपचार गरेर एक सातापछि स्वदेश फर्केने प्रेस संयोजक अधिकारीले बताए ।

मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक–पटक नियमित उपचारकोक्रममा बैंकक गइरहेका छन् । रासस