२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


भेनेजुयलामा विपक्षी नेतालाई लगाइएको प्रतिबन्ध विरुद्ध हजारौं मानिस सडकमा


0
Shares

विपक्षी नेता हेन्रिक काप्रिलस्लाई राजनीति गर्न प्रतिबन्ध लगाइएको विरोधमा राजधानी काराकासमा गरिएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ठूलो मात्रा अश्रु ग्यास र रबरको गोली प्रहार गरेका थिए ।

साता लामो सरकारविरोधी प्रदर्शनपछि यस प्रदर्शनमा दशौं हजार मानिस सडकमा ओर्लिएका हुन् ।

विरोधको शुरुवात भने नेशनल एसेम्ब्लीको अधिकार कटौति गर्ने आदेश सर्वोच्च अदालतले दिएपछि भएको हो ।

तानाशाही चाहिन्न, काप्रिलस् राष्ट्रपति हुन् भन्ने जस्ता नारा प्रदर्शनकारीले लगाएका थिए । (एजेन्सी)