
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सरकारी प्रवक्तालाई उद्धृत गर्दै परमाणु कार्यक्रम थप बलियो बनाउने निर्णय सही देखिएको जनाएको उल्लेख गरेको छ ।
सैन्य शक्तिबाटै साम्राज्यवादी आक्रामकताबाट बचाउने भन्दै उत्तर कोरियाले अमेरिकी आक्रामकता सामना गर्न सैन्य शक्ति बढाउने क्रम जारी राख्ने जनाएको छ ।
अमेरिकी आक्रमण एक सम्प्रभु राज्यविरुद्ध सहन नसकिने कदम भएको उत्तरको ठहर छ ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई बेवास्ता गर्दै परमाणु मिसाइल विकास गर्न भन्दै विभिन्न परीक्षण गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्