Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एकमहिनापछि आज मन्त्रिपरिषद बैठक बस्ने तयारी, निधि केही लचिलो


0
Shares

उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कमल थापा दुबैले प्रधानमन्त्रीपछिको पहिलो बरियतामा आफै हुनुपर्ने दावी नछाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक नै राख्न सक्नु भएको थिएन ।

तर अहिले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि उपप्रधानमन्त्री निधिले वरीयता विवादमा लचिलो हुने संकेत गरेकाले आज मनित्रपरिषद बैठक बस्ने सम्भावना रहेको हो ।

निधि र थापाबीचको बरियता विवादले चैत ३ यता मन्त्रिपरिषद बैठक नै बस्न सकेको छैन । जसका कारण नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति, स्थानीय निर्वाचनसँग जोडिएका कतिपय निर्णयहरु हुन सकेका छैनन् ।

सभापति देउवाले स्थानीय तहको निर्वाचनको समय थोरै मात्र रहेका बेला बरियताको विवादमा नअल्झन भन्दै निधिलाई सम्झाउनु भएको बताइएको छ ।

निधि भारत भ्रमणमा रहेका बेला चैत ३ गते प्रधानमन्त्री दाहालले थापालाई मन्त्रिपरिषदको दोस्रो बरियतामा राखेपछि दुई उपप्रधानमन्त्रीबीच विवाद आएको थियो ।

निर्णय नसच्चाए राजीनामा दिने निधो गर्नुभएका निधिले प्रधानमन्त्री दाहाल र सभापति देउवासँगको भेटपछि भने विवाद सुल्झाउन तयार हुनुभएको दावी गरिएको छ ।

फागुन अन्तिम साता सप्तरी घटनाको विरोधमा मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारलाई अल्पमतबाट जोगाउन राप्रपा अध्यक्ष थापालाई दोस्रो बरियता दिने शर्तमा सरकारमा लगिएको दावी थापाले गर्दै आएका छन् ।

दाहाल र देउवा दुबैको बचनकै कारण सरकारमा गएको थापाले बताउँदै आएका छन् ।