रियल मड्रिडको मैदानमा भएको मड्रिड डर्बिमा घरेलु टोलीले एथलोटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।
पेपेको गोलमार्फत खेलमा रियल मड्रिडले अग्रता लिएपनी एथ्लेटिको मड्रिडका लागी ८५ औ मिनेटमा फ्रेन्च सुपरस्टार एन्टोइन ग्रिजमनले गोल फर्काउदै खेल बराबरी गरे ।
ला लिगा अन्तर्गत रातीनै भएको अर्को खेलमा बार्सिलोना मालागासँग स्तब्ध बनेको छ । मालागाको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनाले २-० को पराजय बेहोेरेको हो ।
अंक तालिकामा शिर्ष स्थानको रियल मड्रिडसँग दुरी घटाउने अवसर गुमाएको बार्सिलोना विरुद्ध मालागाका सान्द्रो रामिरेज र जोनीले १-१ गोल गरे ।
खेलको ६५ औ मिनेटमा ब्राजिलियन स्टार नेइमारले रातो कार्ड पाएपछी बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।
जारी लिगमा शिर्ष स्थानको रियल मड्रिडको ३० खेलबाट ७२ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका बार्सिलोना र एथ्लेटिको मड्रिडको समान ३१ खेलबाट क्रमशः ६९ र ६२ अंक रहेको छ ।





प्रतिक्रिया दिनुहोस्