Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


‘सहिदको सपना पूरा भएकै छैन’


0
Shares

सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आज बिहान ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गरे ।

“वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर, क्षमतावान् र नेतृत्वदायी व्यक्तित्व थिए”, उनले भने ।

सोही अवसरमा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सहिदको सपना अझै पनि साकार नभएकाले संविधान कार्यन्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

‘सहिदको सपना अझै पूरा भएको छैन, अब तीनै तहको निर्वाचन सम्पन्न गरेर देशलाई आर्थिक समृद्धिको मार्गतर्फ लैजानुपर्छ, अनि मात्र सहिदको सपना पूरा हुन्छ,’ नेता नेम्वाङले भने ।

सहिद वान्तवालाई ओली सरकारले सहिद घोषणा गरेको हो । वान्तवाको जन्म २००८ साल चैत २७ गते चमैताको चित्रे भन्ने स्थानमा भएको थियो ।

पञ्चायती सरकारले वान्तवालाई २७ वर्षका उमेरमा चैत २७ गते नै इलामको इभाङमा गोली हानी हत्या गरेको थियो । रासस