Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


प्रतिष्ठानद्वारा भलिबल संघलाई सहयोग


0
Shares

आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्काले प्रथम पुरस्कारवापतको दुई लाख रुपैयाँको चेक नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दलाई हस्तान्तण गरिन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रतिष्ठानका अध्यक्ष एवं पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्काले पछिल्लो समय लोकप्रिय बनेको भलिबललाई उचाईमा पु¥याउन र खेलाडीको प्रोत्साहनका लागि प्रथम पुरस्कारको प्रायोजन गरेको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले खड्का परिवारले थालेको अभियानको प्रशंसा गरे ।

यस्तै संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिष्ठानले भलिबललाई गरेको सहयोग अतुलनीय रहेको बताए ।

वि.सं २०७० साल असोज ६ गते स्थापना भएको प्रतिष्ठानले सामाजिक क्रियाकलापका साथै खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले हरेक बर्ष शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्नुका साथै खेलाडी प्रोत्साहनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जाउलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जाउलाखेल स्पोर्टस क्लबले सहभागिता जनाउने छन् । लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख प्राप्त गर्नेछ ।