Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संशोधनको नयाँ प्रस्ताव दर्ता गराउने तयारी, आज मोर्चासँग निर्णायक वार्ता


0
Shares

संघीय आयोग गठन गरी प्रदेश सिमांकनको विषय टुङ्गो लगाउने तथा नागरिकता, भाषा, माथिल्लो सदनमा प्रतिनिधित्व लगायतका विषयलाई यसअघि दर्ता भएको प्रस्ताव अनुसारनै टुङ्गो लगाउने गरी नयाँ संशोधन प्रस्ताव अघि वढाउने सरकारको तयारी छ ।

नयाँ संशोधन प्रस्तावलाई लिएर आजै सरकार र मधेसी मोर्चाबीच वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संशोधन प्रस्ताव पारित गरी चुनावमा सहभागीताका लागि मोर्चालाई आग्रह गर्नुहुने वताइएको छ ।

यसअघि प्रधानमन्त्री दाहालले मोर्चा नेताहरुसँग आइतबार छुट्टा छुट्टै वार्ता गरेका थिए ।