२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


इजिप्टमा संकटकाल घोषणा, देशभर सेना तैनाथ


0
Shares

राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा तीन महिने संकटकालको घोषणा गरेका हुन् उनले आतंककारीहरु विरुद्ध देशभर सेना परिचालन गरिएको समेत जनाएका छन् ।

यता, इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिँदै इस्लामिक राज्य प्राप्तीको लडाइलाई जारी राख्ने जनाएको छ ।

आइतबार अलेकजेन्ड्रियाको स्थानीय चर्चामा गराइएको आत्मघाती आक्रमणमा प्राथनामा सहभागी ४५ जना मारिएका हुन् ।

प्राथनामा सहभागी चर्चका पोप भने सुरक्षित रहेको जनाइएको छ । घटनाप्रति दुख ब्यक्त गर्दै इजिप्ट सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।(एजेन्सी)