
म्याग्दी, फागुन ११ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा रहेको ऐतिहासिक राजकुवा संरक्षणको अभावमा अलपत्र परेको छ ।
तत्कालीन ज्यामरुककोटे राजा भर्तिवम मल्लले पानी खाने गरेको मानिँदै आएको राजकुवा संरक्षणको अभावमा अलपत्र परेको हो । १६ औं शताब्दिदेखिकोे ऐतिहासिक सम्पदा भए पनि संरक्षणको अभावमा अस्तित्व बचाउको स्थितिमा पुगेको छ ।
अन्यत्र खानेपानी सुक्दा पनि यस कुवामा पानी रहिरहने हुँदा ज्यामरुककोटका स्थानीयवासीलाई पहिले पहिले धेरै राहत भएको थियो । संरक्षणमा कसैले चासो नदिँदा अहिले कुवा पुरिने अवस्थामा रहेको स्थानीयले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्