२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


सिरियामा गरिएको रासायनिक आक्रमणमा रुस जिम्मेवारः अमेरिका


0
Shares

सिरियाको सहयोगी रुसले सन् २०१३ मा सिरियामा रहेको रासायनिक हतियार नष्ट गर्न सहयोग गर्ने सम्झौता गरिएको स्मरण गराउदै टिलर्सनले तर त्यो लागु नगरी निर्दोष नागरिकको ज्यान लिइएको उल्लेख गरे ।

इटलीमा जी–७ का सदस्य मुलुकका विदेशमन्त्रीको भेटवार्ता हुनु अघि अमेरिकी विदेशमन्त्रीको यस्तो भनाई आएको हो ।

बैठकमा सिरियाका राष्ट्रपति बशर अल असादसंग रुसी सरकारको दूरी बढाउन कस्तो दबाब दिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

यो बैठकपछि अमेरिकी विदेशमन्त्री मस्को पुगेर रुसी समकक्षी सर्गेइ ल्याभरोभसंग भेटवार्ता गर्नु हुनेछ ।

सिरियाले अमेरिकी आरोप अस्वीकर गर्दै आएको छ । रुसले भने रासायनिक आक्रमण गरेको प्रमाण अमेरिकाले दिनु पर्ने जनाएको छ । (एजेन्सी)