
श्रीनगर लोकसभाका लागि भएको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा हिंसात्मक प्रदर्शन र झडप भएको थियो ।
उप निर्वाचनमा केबल ६ दशमलब ५ प्रतिशत मात्र मत खसेको अधिकारीहरुले जनाएका छन् । पृथकतावादी नेताहरुले निर्वाचन बहिष्कारको आह्वान गरेका थिए ।
केन्द्र सरकारले अतिरिक्त २० हजार सेना परिचालन गरेको थियो भने शान्तिपूर्ण निर्वाचनका लागि इन्टरनेट सेवा समेत बन्द गरिएको थियो ।
कश्मिरमा अघिल्लो वर्ष चलेको महिनौं लामो राजनीतिक प्रदर्शनका क्रममा करिब ९० जनाको मृत्यु भएको थियो ।
मुस्लिम बाहुल्य कश्मिर, भारत पाकिस्तानबीचको दशकौं पूरानो विवादको केन्द्र बन्दै आएको छ ।
पाकिस्तानले पृथकतावादीलाई सहयोग गरेको भारतको आरोप छ भने इस्लामाबादले यसलाई अस्वीकार गरेको छ ।
दुवै मुलुकले कश्मिरलाई आफ्नो भूभाग दाबी गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्