प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै छ, यसमा हाम्रो कुनै सहमति भएको छैन्,’ उनले भने ।
संविधान संशोधनको कुरा बेमौसमको बाजा भन्दै उनले संशोधनको कुरा गरेर स्थानीय तहको निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाए ।
‘प्रधानमन्त्रीले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ, यो कदापि स्वीकार्य छैन्, चुनाव हुन नदिने षड्यन्त्रण हो, महासचिव पोखरेलले भने ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताए ।
‘‘जनताको बर्षौदेखिको इच्छा, चाहना र आकङ्क्षाअनुसार निर्वाचनमा भाग लिने अधिकार छ, जनतालाई चुनावमा भाग लिने अधिकारबाट विमुख गराउन संविधान विपरित हुन्छ’’ उनले भने । रासस





प्रतिक्रिया दिनुहोस्