Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


विपक्षी सांसदहरुद्वारा सरकारमाथि ‘प्रहार’, ‘वरीयता विवादले जग हसायो’ (भिडियो)


0
Shares

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा बोल्दै उनीहरुले सबैलाई आश्वासन दिने तर व्यवस्थापन गर्न नसक्ने प्रवृत्ति बिडम्बनापूर्ण भएको बताए ।

नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले ‘वरीयता विवादले मन्त्रिपरिषद बैठक बस्न नसक्नु र प्रहरी महानिरीक्षकलगायतका नियुक्तिहरु गर्न नसक्नुले सरकारको लाचारी स्पस्ट पार्छ’–भने ।

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वरीयता विवादले जग हसाएको टिप्पणी गरे ।

त्यसैगरी, माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले मधेसी मोर्चालाई साथमा नलिइकन निर्वाचनमा जान नहुने धारणा राखे ।

मधेसी मोर्चामा आवद्ध दलका सांसदले भने सोमबार पनि संसद बैठक बहिस्कार गरे ।

बैठकको सुरुमै थरुहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधन नभएसम्म संसद बैठक बहिस्कार गर्ने बताएपछि मोर्चामा आवद्ध सांसदहरु बैठकबाट बाहिरिएका थिए ।

संसद बैठक मंगलबार फेरि बस्नेछ ।

भिडियो हेर्नुहोस्