
कुलभूषणलाई आफ्नो बचाउका लागि कानुनी सहायतासमेत उपलब्ध गराइएको अधिकारीहरुले जनाएका छन् । जाधव भारतीय गुप्तचर एजेन्सी ‘रअ’को एजेन्ट रहेको पाकिस्तानको दाबी छ ।
सन् २०१६ को मार्च ३ मा जाधवलाई पाकिस्तानको बलुचिस्तानमा पक्राउ गरिएको थियो ।
पछि पाकिस्तानी सेनाले उनीविरुद्ध ‘कोर्ट मार्सल’ गरेको थियो । यसबाट जाधवमाथि लागेको आरोप सही प्रमाणित भएको जनाइएको छ ।
भारतले भने पाकिस्तानी आरोप अस्वीकार गरेको छ ।
सरकारी निर्देशनमा विध्वंशकारी गतिविधिमा उनी संलग्न भएको आरोप पूरै तथ्यहीन रहेको भारतको दाबी रहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्