
पूर्वी प्रान्त नानगार्हारमा सोमबार (आज) भएको हमलामा आक्रमणकारीको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
‘एक जना आत्मघाती हमलाकारी मारिएका छन्, उनले घानी खेल जिल्लाको मार्को बजारमा कार बम विस्फोट गराएका थिए,’ प्रान्तीय गभर्नरले भने ।
सोमबार (आज) विहान ८.३० बजे विस्फोट भएको उनले जानकारी दिए । सुरक्षा निकायको कार्यालयलाई लक्षित गरी कार बम विस्फोटन गराइएको उनले बताए । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्