Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


अपी पावर कम्पनीले एक बराबर दुई कित्ता हकप्रद सेयर दिने


0
Shares

कम्पनीको सोमबार राजधानीमा सम्पन्न विशेष साधारणसभाबाट सो प्रस्ताव पारित गरिएको हो ।

साधारणसभाबाट पारित प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइनेछ । कम्पनीको हालको सेयर संख्या एक करोड पाँच लाख कित्ता छ ।

यसबाट विद्यमान एक सेयर बराबर दुई सेयरकादरले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रस्तावित सेयर निस्कासनबाट प्राप्त रु दुई अर्ब १० करोडमध्ये रु एक अर्ब सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गर्न लागेको त्रिशूली–गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ ।

यस्तै, रु एक अर्ब १० करोड भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको छ ।

यस्तै, अपी पावर कम्पनीको हालको चुक्तापुँजी रु एक अर्ब पाँच करोड र जारीपुँजी रु तीन अर्ब रहेकामा पुँजी वृद्धि गरी जारीपुँजी रु चार अर्ब पुर्‍याउने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ ।

कम्पनीका अध्यक्ष न्यौपानेले कम्पनीप्रति सेयरधनी र शुभेच्छुकले देखाएको विश्वासलाई सम्मान गर्दै थप नयाँ लगानीका अवसर खोजिएको बताए ।

कम्पनीले निकट भविष्यमा नै अपर चमेलियालगायत आयोजनामा लगानी गर्न लागेको र त्यसले सेयरधनीलाई थप लगानीका अवसर प्रदान गर्ने उनको भनाइ थियो । रासस