२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


नख्खुमा भएको विस्फोटमा परी घाइते गुरुङको मृत्यु


0
Shares

काठमाडौं, फागुन ११ । ललितपुरको नख्खुमा हिजो साँझ गराइएको बम विस्फोटमा घाइते भएका सिंहप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको छ ।

नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयको गेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङको मेलुङ घर भई ललितपुर भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका–४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया आयुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ ।

विस्फोटमा संलग्न रहेको आशंकामा ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।