Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


आइपीएल क्रिकेट: पञ्जाबको दोस्रो जित, बैंग्लोर लगातार पराजित


0
Shares

सोमबार राती इन्दौरमा भएको खेलमा पञ्जाबले बैंग्लोरलाई ८ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा एक सय ४८ रन बनायो ।

बैंग्लोरका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबि डे भिल्लियर्सले अविजित ८९ रन जोड्दा मन्दिप सिंहले २८ रको योगदान दिए ।

जवाफमा एक सय ४९ रनको लक्ष्य पञ्जाबले १४ ओभर तीन बलमा दुई विकेटको क्षतिमा पुरा गर्‍यो ।

पञ्जावको लागि हशिम अमलाले अविजित ५८ रन तथा कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन जोडे ।