Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


उद्योग वाणिज्य महासंघको आज मतदान हुँदै, वरिष्ठमा गोल्छा की प्रधान ?


0
Shares

५७ विभिन्न पदमा प्रतिस्पर्धी रहेकाहरुबीच निर्वाचन भइरहेको हो । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन दिएको समयसीमाभित्र केही पदमा मात्रै उम्मेदवारी फिर्ता भएपछि अधिकांस पदमा निर्वाचन हुने भएको हो ।

महासंघको ६४ पदमा १ सय १२ जनाको उम्मेदवारी परेको थियो । सोमबार तोकिएको समयभित्र १४ जनाले मात्र उम्मेदवारी फिर्ता लिएपछि बाँकी पदमा निर्वाचन हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघमा आगामी तीन वर्षपछि कसले कमाण्ड सम्हाल्छ भन्ने टुंगो पनि यही निर्वाचनले गर्दैछ । विधानको नयाँ प्रावधान अनुसार अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नेछन् ।

बरिष्ठ उपाध्यक्ष बन्ने प्रतिस्पर्धामा शेखर गोल्छा र किशोरकुमार प्रधान छन् ।

एशोसिएट सदस्य हुँदै महासंघको उपाध्यक्ष बनेका गोल्छा र जिल्ला तथा नगर सदस्यबाट उपाध्यक्ष बनेका प्रधान चुनाबी मैदानमा उत्रिएका छन् ।

यसैगरी बस्तुगत उपाध्यक्षमा गोल्छा समूहबाट उमेशलाल श्रेष्ठ र प्रधान समूहबाट शंकरप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र रुपमा अनुपबहादुर मल्लको पनि उम्मेदवारी परेको छ । एशोसिएट उपाध्यक्षमा भने चन्द्र ढकाल यसअघि नै निर्विरोध भइसकेका छन् ।

बस्तुगतको १४ सदस्यका लागि २७, एशोसिएटको १९ सदस्यका लागि २२ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला तथा नगर उपाध्यक्षमा गोल्छा समूहबाट दिनेश श्रेष्ठ र प्रधान समूहबाट प्रमोद श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

जिल्ला तथा नगर सदस्यको १८ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।

यस पटकदेखि वरिष्ठ उपाध्यक्ष, जिल्ला र नगर, वस्तुगत संघ र एसोसिएटबाट एक/एकजना उपाध्यक्ष चयन हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित सदस्यमध्येबाट चयन गरिने छ । आजको निर्वाचनमा करीब १४ सयले मतदान गर्ने छन् ।