३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मिसाइल आक्रमणबाट सिरियाको २० प्रतिशत लडाकु विमान नष्टः अमेरिका


0
Shares

गत हप्ता सिरियाली शासक बशर अल असदले निकै नै क्रूर ढंगले आफ्नै नागरिकविरुद्ध रासायनिक आक्रमण गरेपछि अमेरिकाले सिरियामाथि मिसाइल प्रहार गरेको थियो ।

विद्रोही नियन्त्रित सान शेखहोउनमा गरिएको रासायनिक आक्रमणमा बालबालिकासहित ८९ जना मारिएका थिए ।

अमेरिकासहितका देशले आक्रमण रुसी सहयोगमा राष्ट्रपति असद सरकारले गरेको बताउँदै आएका छन् ।

तर सिरिया सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले रासायनिक आक्रमण लगतै सिरियाली हवाई अड्डामा ५९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो । (एजेन्सी)