२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


नख्खुमा रहेको एनसेल टावरमा बम विस्फोट, तीनजना घाइते


0
Shares

काठमाडौं, फागुन १० । ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा बम विस्फोट भएको छ ।

नख्खुचोकनजिकको एनसेल टावरमा शुक्रबार साँझ ७ः५५ बजे अज्ञात समूहले बम विस्फोट गराएको हो ।

बम विस्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बीएन्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताए ।

बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताए । रासस