नियमित मर्मत–सम्भारको खर्चले उडानमा लागत बढी हुने भएपछि निगमले बोइङ बिक्री गर्न लागेको हो ।
पुरानो जहाजले तेल बढी खाने र पटक–पटक मर्मत गर्नुपर्ने भएकाले बिक्री गर्न लागिएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले राससलाई जानकारी दिए ।
उनकाअनुसार निगमले झन्डै ३० वर्षअघि पहिलोपल्ट भित्र्याएका दुई ठूला बोइङमध्ये यो पहिलो जहाज हो । अर्को बोइङ नाइन एन–एसिबी भने अहिले नियमित सन्चालनमा छ ।
निगम सन्चालक समिति बैठकले बोइङ बिक्री गर्ने निर्णय गरी मूल्यसमेत निर्धारण गरेर टेन्डर आह्वान गरेको हो ।
उक्त जहाजको न्यूनतम् विक्री मूल्य १.७१ मिलियन अमेरिकी डलर निर्धारण गरिएको छ । नयाँ खरिद गर्दा करिब ४० लाख मिलियन डलर पर्ने बताइन्छ ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमले अहिले एक बोइङ ७५७–२०० र दुई एअरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत् ८ गन्तव्यमा उडान भरिरहेको छ ।
निगमले केही दिनअघि दुई वाइडबडी ए३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग सम्झौता गरेको थियो ।
आन्तरिक उडानमा दुई ट्वीनेटर जहाजले २० भन्दा बढी गन्तव्यमा नियमित उडान भर्दै आएका छन् । रासस









प्रतिक्रिया दिनुहोस्