नयाँवर्ष २०७४ को आगमनमा शुभकामना आदान–प्रदानसहित पर्यटन विकासमा खेलकुदको भूमिकालाई जोड्न ‘दौडिन्छ डडेल्धुरा’ भन्ने सन्देशसहित मंगलबार खुला हाफ म्याराथन दौड सम्पन्न भएको हो ।
जिल्लाको प्रसिद्ध ऐतिहासिक पर्यटकीयस्थल अमरगढी किल्लाबाट सुरु भएको दौड प्रसिद्ध उग्रताराको मन्दिर हुँदै रातोगुराँस रिसोर्टमा टुंगिएको थियो ।
८ किलोमिटर लामो दुरी २७ मिनेट २१ सेकेन्डमा पूरा गरी नेपाली सेनाका नवीन सावद प्रथम, मदन कार्की द्वितीय र देवसिंह बोहरा तृतीय भए ।
महिलातर्फ भने गौरी भट्टराई प्रथम, ममता भट्ट द्वितीय र राधा फूलारा तृतीय भएका छन् ।





प्रतिक्रिया दिनुहोस्