
निर्वाचनको चटारो काठमाडौंस्थित निर्वाचन आयोगमामात्र होइन, देशैभर देखिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अतिरिक्त देशका विभिन्न स्थानमा आयोगले प्रशिक्षण र तालिमपनि सँगै चलाइरहेको छ ।
निर्वाचन नजिकिँदै गर्दा आयोगको कार्यालय परिसरमा निकै व्यस्तता देखिन्छ । राजनीतिक पार्टीका नेताहरुको ओहोर–दोहोर बाक्लिएको छ भने आयोगका कर्मचारीसमेत उत्साहित भएर काममा खटिएका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार आयोग, निर्वाचनको लागि आवश्यक प्राविधिक सामग्रीको व्यवस्थापन र मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।
आयोगको परिसरमा यतिबेला मतदाता शिक्षाका पेटिका ओसार–पसार र जिल्ला–जिल्ला पठाउने काम धमाधम भइरहेको देखिन्छ ।
गणतन्त्र नेपालको पहिलो चुनावलाई मध्यनजर गर्दै काममा कुनै चूक हुन नदिने आयोगका सचिव गोपीनाथ मैनाली बताउँछन् ।
निर्वाचनको कार्यक्रममा भाग लिन आवश्यक प्रक्रिया मिलाउनको लागि राजनीतिक दलका नेता पनि आयोग कार्यालय पुग्न थालेका छन् ।
वैशाख १६ गते उम्मेदवारी दर्ता, दाबी–विरोधलगायतका काम हुने भएकाले पनि आयोगका कर्मचारी चटारोमा देखिन्छन् ।
दुई दशकपछि हुन लागेको निर्वाचनप्रति आफूहरु निकै उत्साहित रहेको आयोगको कार्यालयमा पुगेका एमाले नेता अग्नि खरेल बताउँछन् ।
निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी विभिन्न पोस्टर र पम्पलेटहरुलाई जिल्ला–जिल्ला पठाउने काम गरिरहेको छ ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको आयोगका सचिव मैनालीको भनाइ छ ।
वैशाख ३१ गतेका लागि निर्धारित् बहुप्रतिक्षित स्थानीय चुनावको सरगर्मीले समाजको सबै क्षेत्रलाई उत्तिकै छुँदै लगेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्