Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


प्रधानमन्त्रीले गरे कोटेश्वर–कलंकी सडकको स्थलगत निरीक्षण


0
Shares

                                                                                      फाइल फोटो

निर्माणकार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ–धुलोका कारण जनजीवन प्रभावित भएको, निर्माण व्यवसायीले कार्यसम्पादनमा ध्यान नदिएको तथा स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले मंगलबार सो सडकखन्डको स्थलगत निरीक्षण गरी तत्काल निर्माणकार्य अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

व्यवस्थापिका–संसदको सुशासन समितिको मंगलबारको बैठकमा राजधानीको सडकको अवस्था नाजुक रहेको, नागरिकले पैदलयात्रा गर्न नसक्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

सांसदले सरकारले ध्यान नदिएका कारण सडक नाजुक भएको र धुवाँ–धुलो एवं सवारी–साधनले मनलाग्दी व्यवहार गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो सडकखन्ड चीन सरकारको सहयोगमा ८ लेनको बनाउने काम भइरहेको छ ।

प्रधानमन्त्रीले सडकको अवस्था, सवारी–साधनको अवस्था र सडकमा रोकिएका सवारी–साधनदेखि निर्माण सामग्रीसमेत सडकमै राखेकोप्रति गम्भीर चासो लिएका छन् ।

सो सडकमा जामका कारण घन्टौंसम्म नागरिकले दुःख पाउने गरेका छन् । रासस