Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


युभेन्टससँग बार्सिलोना पराजित, बार्सिलोनालाई उपाधिमा धक्का


0
Shares

इटालीयन क्लव युभेन्टसको मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो ।

खेलमा युभेन्टसलाई विजयी गराउन पाब्लो डिबालाले दुई तथा जर्जीनो चेलिनीले एक गोल गरे ।

जितसँगै युभेन्टसले सेमिफाइनलमा पुग्ने संभावना बलियो पारेको छ । पराजित टोली बार्सिलोनाको यात्रा भने संकटमा परेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाईनल पहिलो लेगका अन्य तीन खेलहरु बुधबार राती हुनेछन् ।

बुधबार जर्मनीको बोरुसीया डर्टमण्ड र फ्रान्सको मोनाको, स्पेनको एथ्लेटिको मड्रिड र इंग्लण्डको लेष्टर सिटी तथा जर्मनीको बायर्न म्युनिख र स्पेनको रियाल मड्रिड भिड्नेछन् ।