 
	    तीन नगरपालिका र १२ गाउँपालिकासहित १५ स्थानीय तह रहेको जिल्लामा चुनावका लागि आकाङ्क्षी निकै देखिएपछि दलहरुलाई उम्मेदवार छान्न सकस भएको हो ।
स्थानीय तहको पुनःसंरचना र चुनाव घोषणासँगै सङ्गठनलाई नयाँ स्थानीय तहको ढाँचामा ढाल्दै चुनावी तयारीमा होमिएको नेकपा एमालेले साङ्गठनिक ढाँचा व्यवस्थित गरिए पनि उम्मेदवार निधो गर्न नसकिएको जनाएको छ ।
नगरपालिका र गाउँपालिकाका वडा कमिटी हुँदै पार्टीका नगर र गाउँपालिका कमिटीबाट उम्मेदवारको किटानसहित सिफारिस नभएर एउटै पदका लागि चार÷पाँचजनाको नाम आउने गरेको एमाले महोत्तरीका अध्यक्ष जामुन मण्डलले बताए । प्राप्त भएका सिफारिसमा एउटै पदका लागि धेरै नाम आएकाले जिल्लाबाट तय गर्नुपर्ने र सिफारिस गर्नुपर्ने उम्मेदवारका नामबारे निर्णयमा पुग्न सकस बढेको मण्डलको भनाइ छ ।
एमालेले गाउँपालिकाको वडाका उम्मेदवारको अन्तिम टुङ्गो लगाउन जिल्ला कमिटीलाई अधिकार दिएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका वडा अध्यक्षबारे तल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले र नपाका मेयर, उपमेयरबारे प्रदेश कमिटीको अन्तिम सिफारिसमा केन्द्रले उम्मेदवार तोक्ने व्यवस्था गरेको छ । जिल्लाका दक्षिणी भेगमा आफ्ना पार्टी गतिविधिमा मधेसी मोर्चाको अवरोधले समेत चुनावी अभियान सञ्चालन गर्न अप्ठेरो बढेको एमाले जिल्ला नेतृत्वको ठम्याइ छ ।
त्यसैगरी, मुलुककै ठूलो दल नेपाली काँग्रेसले पनि उम्मेदवारको टुङ्गो अझै लगाउन सकेको छैन । करिब दुई दशकको समयबीच चारवटा स्थानीय निर्वाचन सम्पन्न भइसक्नुपर्ने अवधिमा भर्खर पहिलोपल्ट निर्वाचनको घोषणा हुँदा आकाङ्क्षी निकै बढेका नेका महोत्तरीका सभापति महेन्द्रकुमार राय बताउँछन् । अहिले पार्टीले स्थानीय तहको नयाँ ढाँचाअनुसार चुनावी तयारीको परिचयात्मक कार्यक्रम नपा र गाउँपालिकामा सम्पन्न गरेर उम्मेदवारबारे छलफल अघि बढाएको रायले बताए ।
नेका महोत्तरीले आफ्नो तहबाट उम्मेदवारबारेको टुङ्गो वैशाख पहिलो साताभित्र टुङ्गिने जनाएको छ ।
यता, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रलाई पनि जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन आकाङ्क्षी बढेकैले सकस परेको छ । जिल्लाका सबै स्थानीय तहमा नयाँ ढाँचाअनुसार पार्टी सङ्गठन ढालेर सबै ठाउँमा चुनावको पूर्वतयारीबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकिए पनि उम्मेदवारको नामबारे भर्खर चर्चा सुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका जिल्ला इञ्चार्ज राजु खड्काले बताए ।
वैशाख पहिलो साताभित्र जिल्लाबाट उम्मेदवारबारे टुङ्गो लगाउने र सिफारिस गर्ने काम सकिने खड्काको भनाइ छ ।
माओवादी केन्द्रले वडा अध्यक्षसम्मको टुङ्गो जिल्ला समितिबाटै गर्ने र नपा र गाउँपालिकाका प्रमुख, उपप्रमुख एवम् अध्यक्ष, उपाध्यक्षको टुङ्गो तल्ला कमिटी हुँदै जिल्ला समितिबाट भएका सिफारिसका आधारमा प्रदेश समितिले टुङ्ग्याउने कार्यविधि बनाएको खड्काले जानकारी दिए ।
संविधानबारे असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रित दलले पनि दलीय गतिविधि तीव्र बनाएका छन् । आफ्नो सम्मतिमा संविधान संशोधन भए निर्वाचनमा जाने र नभए आन्दोलनमा जाने बताउँदै आएका मधेसी मोर्चाआबद्ध दलहरु पनि स्थानीय पार्टी कमिटी गठन, पुनर्गठन र भेला आयोजना गर्न व्यस्त देखिएका छन् ।
निर्वाचनमा जाने वा आन्दोलनमा जानेमध्ये जुनसुकै परिस्थितिको सामनाका लागि जनताकै साथ चाहिने भएकाले साङ्गठनिक गतिविधि सघन रुपमा सञ्चालन गरिएका राष्ट्रिय मधेस समाजवादी पार्टीको जनसङ्गठन समाजवादी युवा लिगका राष्ट्रिय महासचिवसमेत रहेका जिल्लाकै भङ्गाहा–५ का बासिन्दा सञ्जिवकुमार साहको भनाइ छ ।
चैत मध्ययता नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य साना दलले पनि साङ्गठनिक गतिविधि तीव्र बनाएका देखिँदो छ । दलहरुको चुनावी तयारी अघि बढेसँगै जिल्लाका सर्वसाधारण भने निर्वाचन सम्पन्न भएर स्थानीय नेतृत्व छानिएपछि विकास कार्यले गति लिने आश सङ्गाल्दै चुनाव पर्खेर बसेका छन् । (रासस)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्