तस्विर सौजन्य :युवराज बस्नेत र सुष्मा श्रेष्ठ
पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रथम सुर्योदय सडक महोत्सव तथा आदिवासी जनजाती खाना तथा सांस्कृतिक उत्सव’मा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीले महोत्सव उल्लासमय रहयो ।
सुर्योदय होटल व्यवसायी संघ र आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदले सन्चालन गरको महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका दुध, चिया तथा खानाका परिकार स्टलमा राखिएको छ ।
स्टलमा फुुल, जातिय खाना, तथा व्यवसायिक स्टलहरु समावेश गराइएको आयोजक समितिका सदस्य प्रज्वल प्रधानले जानकारी दिए ।
नेपाल भारत सिमा क्षेत्रबाट ११ किलोमिटरको दुरीमा रहेको सुर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारको सडकमा सुरु महोत्सवमा खाना, कृषि औजार, ढाकाका कपडादेखि मोटर सम्मका स्टलहरु रहेका छन् ।

सूर्योदय नगरभित्र श्रीअन्तु, कन्याम, करफोक, पञ्चकन्या, सिमपानी, सुन्दरपानी, लेप्चा गुम्बा, विभिन्न पोखरीहरु, दर्जनौ चिया कारखानाको भ्रमण गर्न सकिने संघका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।
महोत्सवको अवसरमा पाहुनालाई खानको स्वाद लिने देखि चिया प्रशोधनको दृष्य समेत अवलोकन गर्ने अवसर समेत प्रदान गर्ने संघका सचिव युवराज प्रधानले बताए ।
महोत्सवमा झुुमा निरौला, सिने गुरुङ्ग तथा व्याण्ड, सुगम पोख्ररेल, मेलिना राई, कालीप्रसाद बाँस्कोटा, मनोज गजुरेल, भूगोल दाहाल तथा किताब व्याण्ड र स्थानीय कलाकारहरुले प्रस्तुती दिए । कलाकारको प्रस्तुती बुधबार पनि जारी रहने छ ।

महोत्सवमा पूर्वाञ्चलका एकसय बढी स्टल रहेका छन् । महोत्सवमा विभिन्न प्रकारका खानाका स्वादहरु चखाउने नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद, सुर्योदय नगरपालिकाका अध्यक्ष सोनाम योल्मूले बताए ।
उनले महोत्सवको आकर्षण आदिवासी जनजातीको संस्कृति र पृथक परिकारहरु रहेको जानकारी दिए । महोत्सवमा विभिन्न जातजातीका झाँकी समेत प्रस्तुुत गरिएको थियो ।
महोत्सवमा विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षणदेखि बैंकका ब्यवसायिक स्टलहरु समेत समावेश गराइएको थियो ।

महोत्सवको अवसरमा पर्यटकीय स्थलहरुको भ्रमणः पर्यटकलाई कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, कन्याम, पञ्चकन्या मन्दिर लगायतका पर्यटकीय क्षेत्रको भ्रमण गराउने जनाइएको छ ।
महोत्सवमा एकलाख पर्यटक भित्राउने योजना रहेको छ भने एक करोडको कारोवार हुुने लक्ष आयोजकले लिएको छ । महोत्वसको इलामका प्रमुुख जिल्ला अधिकारी जनकराज दाहालले उदघाटन गरे ।
कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन समिति इलामका कार्यकारी निर्देशक केशव द्यौराली, इलामका प्रहरी प्रमुख शुशिलकुमार यादव, इलाम उद्योग वाणिज्य संघ इलामका कोषाध्यक्ष देवेन्द्र शंकर, होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल, प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्य लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि साथै स्थानीयको उपस्थिति रहेको थियो । महोत्सव बुधबार साँझ समापन हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्