३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


उत्तर कोरियाको तनाव समाधान गर्न सी जीनपिङ र ट्रम्पबीच बार्ता


0
Shares

दुई नेताबीचको टेलिफोन कुराकानीमा सीले कोरियाली प्रायद्विपलाई आणविक हतियार रहित बनाउने लक्ष्यमा चीन प्रतिबद्ध रहेको बताउनु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

शान्ति र स्थिरता बनाइराख्न र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधानका लागि चीनले वकालत गर्ने चिनियाँ राष्ट्रपतिको भनाई थियो ।

मंगलबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले सहयोग नगरे अमेरिका एक्लैले उत्तर कोरिया विरुद्ध कारवाही गर्न नडराउने ट्वीट गरेका थिए ।

कोरियाली प्रायद्विपममा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाब थप बढेको छ ।

उत्तर कोरियाले भने संयुक्त राष्ट्रसंघको प्रतिबन्धको वेवास्ता गर्दै मिसाइल परिक्षण गरिरहेको छ । अमेरिकासंग युद्धका लागि तयार रहेको उत्तरको भनाई छ । -एजेन्सी