२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


महोत्तरीमा २५६ मतदान केन्द्र, ३,०८,४०२ मतदाता


0
Shares

बर्दिबास, गौशाला, जलेश्वर गरी तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीमा यसअघि दुई सय ३३ मतदान केन्द्र रहेकामा २५ मतदान केन्द्र थप, पाँच संशोधन र दुईओटा खारेज गरिएको जिल्ला निर्वाचन अधिकारी पिंकी रायले बताइन् ।

प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले निमावि पर्सादेवाड, क्लब भवन मधेपुरा मतदान केन्द्रलाई खारेज गरेको र गौरीबास, रतौलीलगायत पाँचओटा मतदान केन्द्र संशोधन गरी जम्मा दुई सय ५६ मतदान केन्द्र कायम गरिएको हो ।

महोत्तरीमा स्थानीय तह निर्वाचनका लागि यसपालि तीन लाख ८ हजार चार सय दुई मतदाता रहेका छन् । रासस