
काठमाडौं, फागुन १० । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले महिला हक–हीतसम्बन्धी कानुनहरुको कार्यान्वयनमा समस्या आएको बताएकी छन् ।
गैरसरकारी संस्था बियोन्ड बेइजिङ कमिटीले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले पहुँचका हिसाबले महिला स्वयं नै निर्णय गर्ने स्थानमा हुँदापनि महिला हक–हीत संरक्षण हुन नसकेको बताइन् ।
कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले समाजलाई पुरानो सोच–विचारबाट बाहिर ल्याउन नसकेका कारण महिला हिंसाको समस्या घट्न नसकेको धारणा राखे ।
कार्यक्रममा महिलाको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, लैंगिक समानतालगायतका विषयमा छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्