बुधबार धनगढीमा भएको खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले ज्ञानेन्द्र मल्लको सीवाईसी अत्तरियालाई ४२ रनले हरायो ।
रुपन्देहीले दिएको १३० रनको लक्ष्य पछ्याएको अत्तरिया ८७ रनमै समेटियो ।
अत्तरियाका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन जोड्दा विनोद लामाले अविजित १८ रनको योगदान दिए ।
बलिङतर्फ रुपन्देहीका शहाव आलमले ४ विकेट लिए ।
यसअघि, खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ६ विकेट गुमाएर १२९ रन जोडेको थियो ।
रुपन्देहीका लागि राजेश पुलामीमगरले ३१ रन तथा प्रकाश केसीले २९ रनको योगदान दिए ।
अत्तरियाका विनोद लामा र प्रदीप ऐरीले २–२ विकेट लिए ।





प्रतिक्रिया दिनुहोस्