Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेसी मोर्चाद्वारा नयाँ संशोधन प्रस्ताव अस्वीकार, चुनाव बहिस्कार गर्ने निर्णय


0
Shares

बुधबार काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले नयाँ संविधान संशोधन प्रस्तावले समस्याको समाधान नगर्ने भन्दै स्थानीय चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।

सरकार र प्रमुख राजनीतिक दलहरु समस्या समाधानतिरभन्दा पनि मुलुकलाई द्वन्द्वमा धकेल्न उद्दत रहेको भन्दै मोर्चाले नयाँ संविधान संशोधन प्रस्तावले आफूहरुका माग सम्बोधन नगर्ने निस्कर्ष निकालेको हो ।

संविधान संशोधन प्रस्ताव अस्वीकार गर्दै मोर्चाले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।