
उम्मेदवार हुन आकांक्षीको दौडधुप बढेसँगै वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलले जनाएका छन् ।
नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि हरिकुमार श्रेष्ठ, मीनबहादुर कार्की, नेत्रबहादुर महत, अनोद श्रेष्ठ, अमृतादेवी बानियाँ, रुद्रबहादुर केसी र बिमला गौचन आकांक्षी छन् ।
नेकपा एमालेबाट प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी, राजकुमार थापा, देवबहादुर घलेको नाम चर्चामा छ ।
नेकपा माओवादी केन्द्रमा कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमिरे, शेरबहादुर केसी, ज्योति लामिछाने र राप्रपाबाट एकेन्द्र रावल नगर प्रमुखको उम्मेदवार बन्न आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेसको गाउँपालिका समन्वय समितिले डमबहादुर पुनलाई अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र कृष्णप्रसाद बरुवाललाई ६ नम्बर वडाको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेर प्रचार–प्रसार सुरु गरिसकेको छ ।
नेकपा एमालेबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न भरत पुन, नारायण पुन, श्याम राना र तेजबहादुर गुरुङ आकांक्षी देखिएका छन् ।
अन्नपूर्णको ६ नम्बरमा एमालेको वडा कमिटीले गोकुल बरुवाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रबाट कुलवीर राम्जाली, सुवास विक, बागवीर पाइजा, बुद्धि पुन र जसबहादुर तिलिजामध्ये एकजना अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने सम्भावना छ ।
राप्रपामा तीर्थ खड्का, मोहन पुर्जा, देविन तुलाचन र सरोज गौचन सम्भावित उम्मेदवारकारुपमा रहेका छन् ।
रघुगंगा गाउँपालिकाको केन्द्रको विवाद रहेकाले राजनीतिक दलले अन्य स्थानीय तहमाजस्तो राजनीतिक गतिविधि अघि बढाउन सकेका छैनन् ।
मंगला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट जितेन्द्र पुन, गोपाल भट्टचन, ध्रुव कार्की, श्रीराम पौडेल र चक्रपाणि आचार्यले दाबी गरेका छन् ।
नेकपा एमालेबाट प्रेमप्रसाद रेग्मी, सतप्रसाद रोका, शंकर शेरचन आकांक्षी देखिएका छन् ।
नेकपा माओवादी केन्द्रमा देवराज सुवेदी, पुस्कर विक, चन्द्रप्रसाद बुढाथोकी र सुकमाया रोकाको चर्चा छ भने राप्रपाबाट विनोद भट्टचन सम्भावित उम्मेदवारकारुपमा रहेका छन् ।
मालिका गाउँपालिकामा नेपाली कांगे्रसको समन्वय समितिले श्रीप्रसाद रोकालाई अध्यक्ष र बिमला रोकालाई उपाध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरेर प्रचार–प्रसार सुरु गरेको छ ।
एमालेमा मोतिराज गौतम, वेगप्रसाद गर्बुजा, कर्ण रोका, माओवादी केन्द्रमा कमल केसी, गोविन सिउथानी, सरस्वती पुन र लालमाया पाइजा अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ भने राप्रपाबाट चक्रपाणि कँडेलले उम्मेदवारी दिने तयारी गरेका छन् ।
धौलागिरि गाउँपालिकामा नेपाली कांग्रेसका तमबहादुर थापा, कमल छन्त्याल, डिलबहादुर केसी, चकबहादुर मल्ल, डम्मर भण्डारी र मीनबहादुर भण्डारी, एमालेमा देउप्रसाद छन्त्याल, थमसरा पुन, रेशम भण्डारी, दिनेश केसी, माओवादी केन्द्रका यामन रोका, भेषनाथ गौतम, झकबहादुर छन्त्याल र देवबहादुर थापा अध्यक्षको सम्भावित उम्मेदवारकारुपमा रहेका छन् ।
सबैजसो पार्टीले उम्मेदवार छनोटका लागि सिफारिस गर्ने अधिकार सम्बन्धित नगर, गाउँपालिका र वडा समितिलाई दिएका छन् ।
वडा, गाउँ र नगरपालिकाको कमिटीले सिफारिस गरेका सम्भावित नामलाई संस्थागतरुपमा सर्वसहमतिमै एकजनालाई उम्मेदवार बनाउने दलका जिल्लास्तरीय नेताले बताएका छन् ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा दुई सय ३७ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् ।
७२ ओटा मतदानस्थल रहेको म्याग्दीमा ३७ हजार ६ सय ७२ महिला, ३३ हजार सात सय ६० पुरुष र एकजना तेस्रोलिंगी गरी ७१ हजार चार सय ६३ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्