२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


सोलुखुम्बुमा कुल मतदाता ६१,७४६ः ११९ मतदान केन्द्र


0
Shares

जिल्ला निर्वाचन कार्यालयकाअनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने पुरुष मतदाताको संख्या ३० हजार ८ सय ७४ जना रहेको छ भने महिला मतदाताको संख्या ३० हजार ८ सय ७२ जना रहेको छ ।

जिल्लाको कुल मतदाता संख्या ६१ हजार सात सय ४६ जना छ । यो संख्या संविधानसभा निर्वाचन २०७० को भन्दा ९ हजार २१ जनाले बढी हो ।

संविधानसभा निर्वाचन २०७० मा सोलुखुम्बुमा ५२ हजार सात सय २५ मतदाता थिए ।

यस्तै, आगामी वैशाख ३१ को निर्वाचनका लागि सोलुखुम्बुमा एक सय १९ ओटा मतदान केन्द्र तोकिएको छ ।

२०७० मा एक सय ९ स्थायी र दुईओटा अस्थायी गरी एक सय ११ ओटा मतदान केन्द्र रहेकामा यसपटक १० ओटा मतदान केन्द्र थपिएका हुन् ।

आगामी निर्वाचनमा सहभागिताका लागि सोलुखुम्बुमा ११ ओटा राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख खिमादेवी लङेवाले जानकारी दिइन् । रासस