फाइल फोटो
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको पदाधिकारीको बैठकले स्थानीय चुनावमा विभिन्न राजनीतिक दलसँग तालमेल गरेर पार्टीलाई विजय गराउन सम्बन्धित जिल्लालाई अधिकार प्रत्यायोजन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र संशोधन गर्न यही चैत ४ गते गरेको निर्णयकाविरुद्ध पार्टीले बुझाएको ध्यानाकर्षणकाबारेमा अहिलेसम्म कुनै निर्णय नआएकाले आगामी वैशाख १ गते बस्ने बैठकले धारणा बनाउने निर्णय भएको छ । रासस





प्रतिक्रिया दिनुहोस्