बोर्डले बुधबार विज्ञप्ति जारी गरी विभिन्न अनलाइन, सामाजिक सञ्जाललगायत सन्चारमाध्यममा सेयर मूल्यबारे अनधिकृत अड्कलबाजीमा आधारित समाचारहरु आइरहेको भन्दै सचेत भएर लगानी गर्न आग्रह गरेको हो ।
धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्यसम्पादन स्थिति, लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन र भावी योजनाहरुजस्ता संवेदनशील सूचनाहरुका साथै देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजारप्रतिको विश्वास आदिलेसमेत प्रभाव पार्ने गर्दछ ।
‘हाल देशको आर्थिक परिसूचकहरु तथा अधिकाशं सूचीकृत कम्पनीहरुको अवस्था सन्तोषजनक देखिन्छ । तथापी विभिन्न सन्चारमाध्यम तथा सामाजिक संजालहरुमा गरिएको अड्कल तथा अनुमानअनुरुप सेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहन सक्ने’प्रति बोर्डले सचेत गराएको छ ।
‘बजारमा चले/चलाइएका हल्ला र आधारहीन अनुमानको पछाडि नलागी धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषणलगायत लगानीकर्ता स्वयंको जोखिम बहन गर्नसक्ने क्षमता आदिलाई दृष्टिगत गरी सत्यतथ्य बुझी लगानी गर्न’ लगानीकर्ताहरुलाई बोर्डले अनुरोध गरेको छ ।









प्रतिक्रिया दिनुहोस्