२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


आयोगलाई चीनबाट निर्वाचन सामग्री प्राप्त


0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालस्थित चीनका राजदूत यु होंगले करिब रु १४ करोड ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिन् ।

पत्रकारसँग कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री मित्रराष्ट्र भारत, चीन र संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडीपी)मा माग गरिएकोमा चीन सरकारसँग आग्रह गरिएका सामग्री प्राप्त भएको जानकारी दिए ।

उनले बिहीबार युएनडीपीबाट प्राप्त हुने सामग्री आइपुग्ने र भारतबाट आउने सामग्री पनि छिट्टै नेपाल आउने बताए ।

आयोगले टेन्डरमार्फत् खरिद गरेका ३० हजार मतपेटिका भने चीनको केरुङ नाकामा आइपुगेको र सम्बन्धित कम्पनीले केही दिनभित्रै आयोगलाई बुझाउने जानकारी पनि सचिव मैनालीले दिए । रासस