
निर्वाचनसम्बन्धि काम तीब्र रुपमा अगाडि बढेसँगै मतदाता शिक्षा पनि सुरु गरिएको हो ।
सकेसम्म सबै मतदाताले मत हाल्न सकुन र मत बदर कम होस् भन्ने उद्देश्यले मतदाता शिक्षा तालिम गरिएको जिल्ला निर्वाचन अधिकारी अच्युतराज उप्रेतीले बताए ।
निर्वाचन कार्यालयले १ सय ५१ जना स्वयंसेविकालाई ३ चरणमा तालिम दिएको हो ।
तालिम प्राप्त सबै मतदाता शिक्षा स्वयंसेविकालाई तालिम सकिएलगत्तै २०७४ साल वैशाख १ गतेबाट नियुक्ति दिई एक महिनाका लागि गाउँगाउँमा खटाइने छ ।
तालिम पाएकाहरुले वैशाख १ देखि ३१ सम्म गाउँगाउँमा पुगेर मतदातालाई मतदानसम्बन्धि शिक्षा दिने छन् ।
दोलखामा ९४ वटा मतदान स्थल र १ सय ८८ वटा मतदान केन्द्र रहेका छन् ।
स्थानीय निर्वाचनमा भाग लिन दोलखामा २० दलले जिल्ला निर्वाचन कार्यालय दोलखामा दल दर्ता गराएका छन् ।
२० दल मध्ये गरी कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबीचमा मूख्य चुनाव प्रतिस्पर्धा हुने देखिएको छ ।
२ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखामा १ लाख ३३ हजार ४ सय ८२ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्