२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


झापामा उम्मेदवार छान्न र चुनाव प्रचारमा दलहरु व्यस्त


0
Shares

व्यस्तताका बीचमा दलहरुको वडा र नगर भेला धमाधम चलिरहेको छ । लामो समयपछि निर्वाचन हुन लागेकाले उम्मेदवारका आकांक्षीको संख्या पनि ठूलै देखिएको छ ।

आकांक्षीको भीडले चुनावी माहोलमा थप रौनक थपेको छ । एमालेले वडाका उम्मेदवारहरुको टुंगो बैशाख ६ र नगरको बैशाख १२ गतेसम्ममा लगाउने जनाएको छ । कांग्रेसले पनि अधिकांश स्थानको टुंगो लगाए पनि बैशाखको पहिलो सातासम्ममा सबै उम्मेदवार टुंगो लगाउने भएको छ ।

माओवादी केन्द्रले पनि अधिकांश उम्मेदवारको टुंगो लगाएर घरदैलो कार्यक्रम थालिसकेको छ भने बाँकी पनि एक÷दुई दिनमा टुंग्याउने जनाएको छ ।

स्थानीय चुनावबाट आएका जनप्रतिनिधिबाट आफुले चाहेकोजस्तो विकास निर्माण हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । उनीहरुले विकास निर्माणका साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको अपेक्षा गरेका छन् ।

उता निर्वाचन कार्यालय झापाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको छ । आठ नगरपालिका र सात गाउँपालिकासहित १५ वटा स्थानीय तह रहेको झापामा दुई सय ८३ मतदानस्थल कायम गरिएको छ भने ६ सय ५० मतदान केन्द्र निर्धारण गरिएको छ ।

झापामा पाँच लाख १० हजार एक सय ५२ मतदाता रहेका छन् ।