Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेसी मोर्चा सहभागी नभए पनि तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री दाहाल


0
Shares

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनमा भाग लिन खुट्टा कमाउनेहरु छ्ट्ने बताए । ‘पर्ख र हेर’को स्थिति अब नभएको भन्दै उनले सबैलाई निर्वाचनमा सँगै लैजान सरकार हदैसम्म लचिलो हुँदासमेत मोर्चा निर्वाचनमा नआएको गुनासो गरे ।

निर्वाचनको माग गर्नेहरुनै अहिले निर्वाचन भाड्ने षड्यन्त्रमा लागेको भन्दै दाहालले निर्वाचन भाड्नेहरुलाई जनताले पाखा लगाउने बताए ।

कम्युनिष्ट पार्टीहरुको एकता आजको आवश्यकता भएको भन्दै उनले कम्युनिष्ट आन्दोलन कमजोर हुँदा परिर्वतनका मुद्दा उल्ट्याउने षड्यन्त्र बढेको बताए ।

कम्युनिष्ट पार्टीहरुको संयुक्त आन्दोलनबाट मात्र परिर्वतन सम्भव हुने भन्दै दाहालले सबैसँग एकताको लागि गृहकार्य भईरहको जानकारी दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र र टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकता भएको जानकारी दिइएको थियो ।