२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


चुनावी चहलपहलसँगै उदयपुरमा सर्वसाधारण उत्साही


0
Shares

गाउँपालिका र नगरपालिकामा दलहरुले समिति गठन गर्दै चुनावी माहोल तयार पारिरहेका छन् । चुनावी प्रचारमा राजनीतिक दलका महिलाहरु बढी सक्रिय देखिएका छन् ।

स्थानीय तहमा महिला सीटको सुनिश्चितताले महिलाको सक्रियता बढाएको हो ।

७५ वटा वडासहितको उदयपुरमा ९८ मतदान केन्द्र रहने निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । १ लाख ७५ हजार मतदाताले निर्वाचनमा भाग लिने बताईएको छ ।

उदयपुरको प्रमुख नगर क्षेत्र गाईघाट, बेल्टार र कटारीमा चुनावी सरगर्मी निकै नै बढेको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रका बीच उदयपुरमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।