एअरलाइन्सका मार्केटिङ प्रमुख मुकेश खनालले एअरलाइन्सले स्थापनाको चरणमा भैरहवा–काठमाडौं सेवा प्रदान गर्दै आएको भएपनि सौर्यले भैरहवा विमानस्थलमा ‘आइएफआर एप्रोच’ नभएका कारण दुई महिनामै सेवा बन्द गर्नुपरेको जानकारी दिए ।
एअरलाइन्सले भैरहवा–काठमाडौंका लागि प्रत्येक दिन बिहान ९ बजेर १० मिनेटमा एक उडान भर्नेछ ।
काठमाडौं–भैरहवासहित काठमाडौं–नेपालगन्ज, काठमाडौं–भद्रपुर र काठमाडौं–विराटनगर सेवा प्रदान गर्दै आएको एअरलाइन्सले छिट्टै काठमाडौं–धनगढी पनि सेवा सन्चालन गर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्