
बिहीबार भएको पहिलो खेलमा विनोद भण्डारी नेतृत्वको कन्चनपुर आइकोनिकले पारस खड्का कप्तान रहेको धनगढी टिम चौराहालाइ ११ रनले पराजित गर्यो ।
खेलमा १०६ रनको विजयी लक्ष्य पछ्याएको धनगढी मात्र ९४ रनमा अलआउट हुन पुग्यो ।
बिहीबारै भएको दोस्रो खेलमा शरद भेषावकरले नेतृत्व गरेको विराटनगर किंग्सले ज्ञानेन्द्र मल्ल नेतृत्वको सिवाइसी अत्तरियालाइ ८ विकेटले पराजित गर्यो ।
खेलमा अत्तरियाले प्रस्तुत् गरेको ९३ रनको सामान्य विजयी लक्ष्य विराटनगरले १२औं ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो ।
प्रतिक्रिया दिनुहोस्