
रसुवागढी भन्सार कार्यालयकाअनुसार ९ ओटा कन्टेनरमा १० हजार ७ सयथान मतपेटिका र तीन लाखथान मतपेटिकको सिल रहेको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सरकारले चीनबाट मतपेटिका ल्याएको हो ।
चीनको ठोङ्सामा सडक अवरुद्ध भएका कारण मतपेटिका आउन ढिलाइ भएको थियो ।
भन्सार प्रमुख केदार पनेरुले अझै केही मतपेटिका एक/दुई दिनमा आउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्