
काठमाडौं, फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीसित बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकेस्टर शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हीत र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो अवसरमा नेपाल तथा बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरुसमेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्